राजेन्द्र लिङदेनलाइ गृहनगर झापामा भब्य स्वागत : सानाे छाती बाेकेर राजनीतिमा आएको छुइन

  • पुस ३, २०७८
  • कालापानी मिडिया
alt

बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनलाई गृहजिल्ला झापामा भव्य स्वागत गरिएको छ । अध्यक्ष निर्वाचित भएपछि पहिलोपटक झापा आएका उनलाई राप्रपा कार्यकर्ताले भव्य स्वागत गरेका हुन् ।  

उनको स्वागतका लागि सयौँ कार्यकर्ता चन्द्रगडी विमानस्थल पुगेका थिए । उनलाई कार्यकर्ताले स्कर्टिङ गरेर बिर्तामोड ल्याएको राप्रपा झापा अध्यक्ष केशव ओझाले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले आफू सानो चित्त र फिस्टे छाती लिएर राजनीतिमा आएको मान्छे नभएको बताएका छन् । आज बिर्तामोडमा राप्रपा जिल्ला कमिटीद्वारा आयोजित बधाई तथा शुभकामना एवम् बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष लिङदेनले सो कुरा बताएका हुन् ।

राप्रपाको केन्द्रीय अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक झापा आएका लिङदेनले बृहत कार्यकर्ताका सामु जोड दिँदै भने आफू कांग्रेस कम्युनिष्टलाई पनि मिलाएर हिड्ने मान्छे हिजो आफूलाई भोट नदिने हजारौंलाई राप्रपामा प्रवेश गराएर आफ्नो बनाएर हिड्न सक्ने मान्छे राप्रपाको आन्तरिक चुनावमा कस्ले मलाई भोट दियो दिएन भनेर आफू हेरेर नबस्ने बताए ।

उनले भने ‘त्यो सकियो त्यसैदिन सकियो त्यसलाई बोकेर त्यसलाई केलाएर हिड्ने छुट मलाई छँदै छैन ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा आफूले आमूल परिवर्तन गर्ने भन्दै लिङदेनले काम नगरिकन कोही नेता हुन नपाउने व्यवस्था आफूले गर्ने उद्घोष गरे । म पनि काम गर्छु र अरुले पनि उपरखुट्टी लगाएर बस्न नपाउने अध्यक्ष लिङदेनको भनाई थियो । उनले भने अब सबको फाएल खडा हुन्छ सबले के काम गर्ने भन्ने जिम्मेवारी छुट्याइन्छ त्यस अनुसार काम गर्ने नेता कोहि पछाडी पर्दै पर्दैन ।

अझै पनि पार्टी फ्ट्ला कि भन्ने चिन्ता गर्नेहरु तर्फ संकेत गर्दे अध्यक्ष लिङदेनले भने अब यसलाई फुटाउने ठाउँ पनि छैन र फुटाउने ताकत पनि कसैसँग छैन । पहिरो जाने ठाउँमा पनि बग्दा बग्दा बग्ने चिजै सकिएपछि अब के बग्छ भन्दै लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि फुट्दा फुट्दा फुट्ने ठाउँ नै सकिएको उनले दाबी गरे ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २०० जना नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका थिए । नव प्रवेशी सबैलाई अध्यक्ष लिङदेनले खदा र अविर लगाउँदै सदस्यता दिलाएका थिए । कार्यक्रममा पार्टीका प्रदेश नं १ अध्यक्ष राम थापा, नवर्विाचित केन्द्रिय सदस्य सगुन लावती, डा. राजेश गिरी निवर्तमान झापा जिल्ला अध्यक्ष कमर बिष्ट, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका अध्यक्ष राजकुमार राई लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved