कांग्रेस खुला केन्द्रीय सदस्य : शनिबार मध्यरात सम्म आधा गनिसक्दा कसको मत कति?

शशांक अघिअघि एनपी साउद पछिपछि

  • पुस ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैँ । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत शनिबारदेखि खुला केन्द्रीय सदस्यतर्फको मतगणना सानेपामा भइरहेको छ।

चौधौं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यका लागि खसेकोमध्ये करिब आधा अर्थात् २३९३ मत गनेर सकेपछि आइतवार बिहान ९ बजेसम्मलाई मतगणना रोकिएको छ। 

खुलातर्फ ३५ जना केन्द्रीय सदस्यमा चुन्न भएको प्रतिस्पर्धामा ९९ जना सहभागी छन्। यसअन्तर्गत अहिलेसम्मको परिणाममा शशांक कोइराला पहिलो नम्बरमा र एनपी साउद दोस्रो नम्बरमा छन्। शशांकले सबैभन्दा धेरै १९७१ मत ल्याएका छन्। उनी शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै प्यानलमा थिए।

त्यस्तै देउवानिकट एनपी साउदले पनि १५३८ मत ल्याउँदै दोस्रो नम्बरमा छन्। उनीपछि गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणले १५०७ मत ल्याएका छन्। देउवानिकट अर्का नेता रमेश लेखकले १४५१ मत ल्याएका छन्।

खाँण पनि देउवा प्यानलबाट महामन्त्रीका दाबेदार थिए। तर कृष्णप्रसाद सिटौलासँगको तालमेलले साउद र खाँणहरु पछि हट्नु परेको थियो।सञ्चारमन्त्री समेत रहेका देउवानिकट अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले १४२३ मत ल्याएका छन्। 

अर्कातिर नेता शंकर भण्डारीले पनि १४३७ मत ल्याएका छन्। यस्तै रामहरि खतिवडाले पनि १३९५ ल्याएका छन्। उदय शमशेर जबराले १४४५ र अर्जुननरसिंह केसीले पनि १३८३ मत ल्याएका छन्। 

कसको मत कति?

१) अजयबाबु शिवाकोटी- ९०९
२) अर्जुननरसिंह केसी- १३८३
३) उदय शमशेर राणा -१४४५
४) एनपी साउद-१५३८
५) उमेशजंग रायमाझी-८९१
६) कुन्दनराज काफ्ले-११४३
७) कृष्णकिशोर घिमिरे-९२९
८) केदार कार्की-८१९
९) गंगाधर तिवारी-७६२
१०) गणेश लामा-८८८
११) गुरु बराल-१०३६
१२) गोपालमान श्रेष्ठ -१३२३
१३) गोपाल दहित-९३१
१४) गोविन्द भट्टराई-१२७७
१५) गोविन्द राज पोखरेल-९६२
१६) जीतजङ्ग बस्नेत-१२८३
१७) जिप छिरिङ्ग लामा-१३१२
१८) दिनेश कोइराला -९२५
१९) दीपक गिरी-११७४
२०) दिलेन्द्र प्रसाद बडू-१२३१
२१) नैनसिंह महर-१२८३
२२) पद्मनारायण चौधरी-११३७
२३) बल बहादुर केसी-१२३३
२४) बालकृष्ण खाँण-१५०७
२५) मंगलप्रसाद थारु- ८७१
२६) मदनबहादुर अमात्य- ९०८
२७) मनोजमणि आचार्य-८५४
२८) ई. मोहन आचार्य-९१३
२९) मोहनबहादुर बस्नेत-१२०२
३०) यज्ञबहादुर थापा-८००
३१) रमेश लेखक-१४५१
३२) डा.रामशरण महत-१२८१
३३) राजीव ढुंगाना-९३५
३४) रामहरि खतिवडा-१३९५
३५) वीरेन्द्रकुमार कनौडिया-९१९
३६) शंकर भण्डारी-१४३७
३७) शम्भुलाल श्रेष्ठ-७९१
३८) सञ्जयकुमार गौतम-१००१
३९) सुनिलबहादुर थापा-१२४६
४०) डा.शशांक कोइराला-१९७१
४१) सुरेन्द्रराज पाण्डे-११५१
४२ हरिप्रसाद नेपाल-७८७
४३) ज्ञानेन्द्रबहादुर कार्की-१४२३
४४) जनकराज गिरी-७४४
४५) तीर्थराज खनियाँ-७८०

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved