राजनीतिक दलका सबै कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य गर्न सर्वोच्चको परमादेश

  • पुस ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाण्डाै । राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला अनिवार्य समावेश गरेर दल दर्ता गर्न सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशहरू दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले संविधान र राजनीतिक दलसम्बन्धी ऐनले सुनिश्चित गरेको महिलाको उपस्थितिलाई सबै दलको हरेक समितिमा ३३ प्रतिशत गर्न परमादेश जारी गरेको हो। 

सर्वोच्च अदालतले गत चैतमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै दलहरूलाई पनि महाधिवेशनमा महिलाको स्थान ३३ प्रतिशत अनिवार्य सुरक्षित गर्न परमादेश दिएको छ। 

राज्यका हरेक निकाय, राजनीतिक दललाई समावेशी बनाउन संविधानको धारा १८ मा भएको समानतासम्बन्धी व्यवस्था उल्लेख गर्दै सर्वोच्चले महिलाको ३३ प्रतिशत अधिकारलाई मौलिक हकसँग जोडेर व्याख्या गरेको छ।

राजनीतिक दलहरूको महाधिवेशन भैरहेका बेला दर्ता भैसकेका दललाई राष्ट्रिय महाधिवेशनबाट महिलाका लागि ३३ प्रतिशत स्थान सुरक्षित गर्ने व्यवस्था मिलाउन ‘केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला, स्थानीय समितिमा ३३ प्रतिशत पद महिलाका लागि सुरक्षित गरिएको छ, छैन भन्ने हेरी दल दर्ता गराउनू’, फैसलाको पूर्णपाठमा भनिएको छ, ‘दर्ता भैसकेका दलको हकमा विधानबमोजिम राष्ट्रिय महाधिवेशनबाट व्यवस्था मिलाउन लगाउनू भनी दलहरूको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ।’

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १५ (४) मा दलको सबै तहका समितिमा कम्तीमा एक तिहाइ महिला सदस्य हुनुपर्ने व्यवस्था छ। यसलाई सर्वोच्चले विशेष व्यवस्थाका रूपमा व्याख्या गरेको छ। संविधानको धारा २६९ ले दलहरू दर्ता गर्ने र ७१ ले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने अधिकार निर्वाचन आयोगलाई दिएको छ। 

संघीय संसद् र प्रदेशसभामा एक तिहाइ महिला सुनिश्चित हुनेगरी महिला सदस्य निर्वाचित हुने व्यवस्था संविधानमा अनिवार्य गरिएको छ। 

 ‘दलको सदस्यको रूपमा संविधानको धारा ४२ (१) मा उल्लेख भएबमोजिम सबै समूहबाट सदस्य भएको अवस्थामा यस्तो समूहबाट कार्यसमितिमा प्रतिनिधित्व हुनेगरी विधानमा व्यवस्था गर्नु प्रत्येक राजनीतिक दलको कर्तव्य हुन आउँछ’, सर्वोच्चको फैसलामा उल्लेख छ।

दलहरुको सम्पूर्ण पद नै सदस्य संख्याका आधारमा समावेशीकरण गर्ने भन्ने नभई खुला क्षेत्र र समावेशी छुट्याउन दलको अधिकार संकुचन नगरेको सर्वोच्चले उल्लेख गरेको छ। 

महिलाको सम्बन्धमा दलको सदस्य हुन महिलालाई कानुनले अनिवार्य गर्न नसक्ने पनि सर्वोच्चको ठहर छ। महिलालाई कुनै पनि राजनीतिक दलको सदस्य हुन अनिवार्य नगरेको सर्वोच्चले उल्लेख गरेको छ। स्वतःस्फूर्त रूपमा कुनै राजनीतिक दलमा महिला आबद्ध छन् भने दलको सदस्यको समानुपातिक आधारमा उनीहरूलाई स्थान दिन सर्वोच्चले आदेश दिएको छ।

‘स्वतःस्फूर्त रूपमा कुनै राजनीतिक दलमा महिलाहरू पनि आबद्ध रहेका छन् भने दलको सदस्यको समानुपातिक आधारमा महिलाहरूलाई केन्द्र, प्रदेश, जिल्ला, स्थानीय कार्य समितिमा अनिवार्य समावेश गर्नुपर्छ’, फैसलामा भनिएको छ, ‘महिला सदस्यको अनुपात पार्टी सदस्यतामा पुरुषको तुलनामा न्यून छ। पार्टीमा उपलब्ध भएका महिलालाई एक तिहाइ पदहरू महिलाका लागि अनिवार्य रुपमा छुट्याई ती पदमा सदस्यताको अनुपातमा समानुपातिक समावेशीकरणको सिद्धान्तलाई अनिवार्य लागु हुने व्यवस्था मिलाउन राजनीतिक दलको कर्तव्य हुन आउँछ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved