अन्तत सिटौलासँग शिर झुकाएर आशीर्वाद लिन पुगे विश्वप्रकाश

  • पुस ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलाबाट बधाई तथा आशीर्वाद ग्रहण गरेका छन् । आइतबार सिटौला निवास चण्डोल पुगेका शर्मालाई सिटौलाले आशीर्वादसहित टीका र खादा लगाइदिएका हुन् । प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका शर्माले चार दिन पछि सिटौलालाई भेटेका हुन् । शर्मा पुस १ गते महामन्त्रीमा निर्वाचित भएका थिए ।

काँग्रेसका पूर्वमहामन्त्री सिटौला र नवनिर्वाचित महामन्त्री शर्माको गृहजिल्ला झापा नै हो । काँग्रेस राजनीतिमा सिटौला र शर्मा पछिल्लो समय एउटै कित्ता छैनन् । झापाको काँग्रेस राजनीतिमा सिटौला र शर्माबीच चर्को प्रतिस्पर्धा रहँदै आएको छ ।

१४ औं महाधिवेशनमा सिटौला शेरबहादुर देउवा समूहमा जोडिएपछि शर्मा सिंह क्याम्पमा पुगेका थिए । सिटौलाले देउवा समूहबाट आफू निकट प्रदीप पौडेललाई अगाडि सारेका थिए भने देउवाले बाँकी अर्को सिटमा प्रकाशशरण महतलाई महामन्त्रीको उम्मेदवार बनाएका थिए । देउवा र सिटौला निकट महत र पौडेललाई पराजित गरी शर्मा सिंहको प्यानलबाट महामन्त्री बनेका हुन् ।

सिटौलाले गगन थापा र शर्मालाई रोक्न पौडेललाई महामन्त्रीको रुपमा अगाडि बढाएको महाधिवेशनताका काँग्रेस वृत्तमा चर्चा हुने गरेको थियो । तर शर्मा महामन्त्री भएपछि सिटौलाको बधाई तथा आर्शिवाद लिन निवासमै पुगेका हुन् । काँग्रेसमा ‘संस्कारी’ नेताको पहिचान बनाएका शर्माले शीर्ष नेतालाई भेटेर बधाई तथा आर्शिवाद लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved