खुला तर्फको ३५ जना केन्द्रीय सदस्यमा को को परे ?अन्तिम चरणमा पुग्याे मतगणना

  • पुस ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसको खुला तर्फ केन्द्रीय सदस्यको मत गणना अन्तिम चरणमा पुगेको छ। मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ।

मतगणना अन्तिम चरणमा पुग्दा पार्टी केन्द्रीय कार्यलयमा नेता र कार्यकर्ताको उपस्थिति बाक्लिएको छ। कसले कति मत पाए, को ३५ जनाभित्र परे भन्ने विषय चासोको विषय बनेको छ। मत परिणामलाई लक्षित गरेर हाल सानेपामा सुरक्षा व्यस्वस्था पनि कडा पारिएको छ।

पछिल्लो मत परिणाम अनुसार ३ हजार ५९५ मत गणना हुँदा शशांक कोइरालाले सबैभन्दा बढी 'पपुलर' मत ल्याएका छन्। उनले हालसम्म २ हजार ९४० मत पाएका छन्।

यस्तै, दोस्रो स्थानमा एनपी साउद छन्। तेस्रो स्थानमा देउवा पक्षकै नेता तथा गृह मन्त्री बालकृष्ण खाँड छन्। देउवा पक्षकै उदय शम्शेर चौथौमा छन् भने रामहरि खतिवडा पाँचौं स्थानमा छन्।

खुला तर्फ ३५ जना भन्दा बढीको लागि भएको मतदानमा ९९ जना प्रतिस्पर्धी थिए। हालसम्मको परिणाम अनुसार ३५ जनामा अन्तिम पाँच जनाको सूचीमा गणेश लामा, अजयबाबु सिवाकोटी, मोहन आचार्य, उमेशजंग रायमाझी, गोपाल दहित र कृष्णकिशोर घिमिरे छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved