गठबन्धनविरुद्ध गोकुल बाँस्कोटा: देश ओलीमय छ र सत्य यहि हाे !

  • पुस ५, २०७८
  • कालापानी मिडिया
alt

काठमाण्डाै । एमसीसीका विषयमा सत्ता गठबन्धनमै रहेका दलबीच एकमत हुन नसकिरहेका बेला नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले कटाक्ष गरेका छन्। 

आइतबार राति सामाजिक सञ्जालमार्फत उनले माओवादी केन्द्रलाई बिरालोको संज्ञा दिँदै एमसीसी निर्णयका लागि आफ्ना अध्यक्ष केपी शर्मा ओलीकै मुख ताकेको टिप्पणी गरेका हुन्। यसबाट देश ओलीमय नै रहेको ‘सत्य’ पनि गठबन्धन दलले स्वीकार गर्नुपर्ने दाबी बाँस्कोटाले गरेका छन्। 

‘एमसीसीका विषयमा खास्टोमा लुकाएर राखेको माओवादी बिरालो म्याउँ गरेछ। पहिला माओवादीकै धारणा स्पष्ट र खुला ढंग्गले सार्वजनिक हुन आवश्यक छ’, पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बाँस्कोटाले लेखका छन्, ‘सत्तारुढ नबोल्ने ओलीको मुख ताक्ने? अब थाहा पायौ देश ओलीमय नै छ भन्ने सत्य?’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved