बिमस्टेक सैन्य अभ्यास भारतको पुणेमा सुरु, नेपाल पनि सहभागी

  • पुस ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । क्षेत्रीय संगठन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य मुलुकबीच मानवीय सहायता तथा विपद् राहतसम्बन्धी बहुद्देश्यीय सैन्य अभ्यास भारतको पूणेमा सोमबार सुरु भएको छ।

भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरभाणेले उद्घाटन गरेको ‘प्यानेक्स–२१’ नामक सैन्य अभ्यासमा बिमस्टेक सदस्य मुलुकहरु नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका सैनिक तथा विज्ञ प्रतिनिधी सहभागी छन्। सो सैन्य अभ्यासमा नेपाली सेनाका एकजना महासेनानी र नयाँ दिल्लीस्थित नेपाली दुतावासका सैनिक सहचारी सहभागी छन।

‘नेपाल पर्यवेक्षकका रुपमा अभ्यासमा सहभागी भएको छ’ नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लब पौडेलले नेपालखबरसँग भने।प्राकृतिक विपत्तिको सामना गर्न बिमस्टेक सदस्य मुलुकबीच संयुक्त संयन्त्र निर्माण गर्ने उद्देश्यले तीन दिने सैन्य अभ्यास शुरु भएको हो। 

अभ्यास उद्घाटन गर्दै भारतीय सेनाध्यक्ष नरभाणेले कोरोना महामारीले सिर्जित संकटले सबैलाई पाठ सिकाएको बताउँदै यसखाले महामारीसँग लड्न विश्वब्यापी तथा क्षेत्रीय सहकार्य आवश्यक रहेको उल्लेख गरे। 

‘कोरोना महामारीपछिको अवस्थामा महामारीको प्रतिरोधात्मक नियन्त्रण, न्यूनीकरण रणनीति तथा नियम पालनाका सवालमा हामी सबैले पाठ सिकेका छौं’ उनले भने। भोलि मंगलबार भारतका रक्षामन्त्री राजनाथ सिंहले यो अभ्यास अवलोकन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​"सनातन धर्म र राजसं ...

काठमाडौं । डा. धवलशमशेर राणाको सभापतित्वमा हालै सम्पन्न 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसम ...

मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved