कपिलबस्तुमा ओलीलाई आज काँग्रेसले भव्य अभिनन्दन गर्दै

  • पुस ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु पुगेका छन्। आज कपिलवस्तुको बहादुरगन्जमा हुने वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली हिजो नै भैरहवा हुँदै कपिलवस्तु पुगेको एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए।

जसपाका स्थानीय नेता एवं पूर्वसांसद मंगलप्रसाद गुप्ताको नेतृत्वमा माओवादीबाट निर्वाचित वडाअध्यक्षलगायत नेता तथा कायकर्ता पार्टी प्रवेश गर्ने कार्यक्रम छ। यसअघि मंसिर १ गते बाँकेको नेपालगन्जमा नेता पशुपति दयाल मिश्रसहित ४ हजार ५ सय नेता कार्यकर्ता प्रवेश कार्यक्रममा ओली पुगेका थिए ।

पूर्व सांसद गुप्ता २०७४ को निर्वाचनमा कपिलबस्तु ३ बाट संघीय समाजवादी फोरमको उम्मेदवार थिए । उनी कांग्रेसका अभिशेक प्रताप शाहसँग निकटतम प्रतिद्धन्द्धी थिए ।

यसैबीच कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीलाई अभिनन्दन गर्दै छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved