क्रिसमसको छुट्टी रद्ध गर्न डब्ल्युएचओको आग्रह

  • पुस ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिरहेका बेला जनस्वास्थ्य सुरक्षाकालागि भन्दै सर्वसाधारणहरुलाई छुट्टीका योजना रद्द गर्न अपिल गरेको छ।

‘जीवन रद्ध हुनुभन्दा एउटा कार्यक्रम रद्ध गर्नु राम्रो हो,’ विश्व स्वास्थ्य संगठनका प्रमुख डा। टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘यस्तो समयमा कठिन निर्णय लिनुहोस्।’

गेहब्रेयससले ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य प्राप्तभएको समेत बताए। फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियमहरू लागू गर्नुका साथै नयाँ भेरिअन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध लागू गरेका बेला डा। गेहब्रेयससको पछिल्लो भनाइ आएको हो।

नेदरल्यान्ड्सले क्रिसमसका बेला कडा नियमहरू सार्वजनिक गरेको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलने क्रम कम गर्ने प्रयास स्वरूप युरोपेली राष्ट्रहरूले प्रतिबन्धात्मक व्यवस्था लागू गर्ने क्रमजारी राखेका छन्।

लन्डनमा नयाँ वर्षको पूर्वसन्ध्यामा हुन लागेका कार्यक्रमहरूलाई रोकिएको छ। अमेरिकाका प्रमुख संक्रामक रोग विशेषज्ञ डा। एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा समेत संक्रमण सर्न सक्ने चेतावनी दिएका छन्।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबननसहित आठवटा देशमा यात्रा नगर्न सुझाव दिएका छन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved