प्रतिनिधिसभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित, एमसिसी तत्काल संसद्‌मा पेश नहुने

  • पुस ७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रतिनिधिसभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित भएको छ। पुस १८ गते आइतबार दिनको १ बजे आगामी बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए।

सभामुख सापकोटाले बैठक ११ दिन पर राखेपछि संसद्‌मा विचाराधीन अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० तत्काल संसद्‌मा पेश नहुने भएको छ। एमसिसी संसद्‌मा पेश गर्ने चर्चाले संसद्‌देखि सडकसम्म चर्चामा रहे पनि अब केही पर सर्ने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‌मा एमसिसी पेश गर्न खोजे पनि सत्ता गठबन्धनमै सहमति बन्न नसक्दा असफल बन्यो। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बाहेक सबै दल यथास्थितिमा एमसिसी अगाडि बढाउन नहुने पक्षमा छन्।

पाँच दलीय सत्ता गठबन्धनमै सहमति बन्न नसकेपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनाएको छ।

यसअघि साविक नेकपाले पनि खनालकै नेतृत्वमा कार्यदल बनाएको थियो तर सो कार्यदलको प्रतिवेदन कार्यान्वयनमै आएन। संसद्‌मा एमसिसी पेश गर्न सभामुख सापकोटाको महत्त्वपूर्ण हात हुन्छ।

सापकोटा तत्कालै एमसिसी अगाडि बढाउने पक्षमा छैनन्। सभामुख र गठबन्धनमै सहमति जुटाउन नसक्दा देउवालाई एमसिसी अगाडि बढाउन चुनौती बनेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved