ललिता निवास जग्गा प्रकरण : अन्तत समातिए दुई ठुला माछा

  • पुस ७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । चर्चित ललिता जग्गा प्रकरणका भुमाफिया भनिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले मंगलबार राति सुवेदी दम्पत्तिलाई पक्राउ गरेको हो ।

सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालिन भोगाधिकारी सुवर्णशमशेर परिवारसँग मिलेर सरकारी जग्गा ह’ ‘त्याउन सुवेदीले विचौलियाको काम गरेको प्रहरीले आरोप लगाएको छ ।

सुवेदीले ४ वटा सरकारको पालामा उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी, मन्त्रालयका सचिव, मालपोत अधिकृत र अन्य भुमाफियासँग मिलेर १३६ रोपनी भन्दा बढी जग्गा ह’डपिएको अनुसन्धानले पुृष्टि गरेपनि उनी हालसम्म फरार थिए । सुवेदी दम्पत्तिसहित ११० जनाविरु’द्ध सोही जग्गा प्रकरणमा बिगो कैद सहित जग्गा फिर्ता माग दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो ।

मंगलबार पक्राउ परेका उनीहरुमाथि अनुसन्धानका लागि हिरासतमा राख्न सीआईबीले सरकारी वकिलको कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको छ।

सुवेदीविरूद्ध प्रहरीले केही दिनअघि पक्राउ पूर्जी जारी गरेको थियो। सुवेदी मालपोत कार्यालयमा लेखनदासको काम गर्थे। विभिन्न व्यक्तिसँग मिलेर सरकारी जग्गा व्यक्तिका नाममा सार्न उनले भूमिका खेलेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रसुवाका बाढीपीडितलाई ...

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै ...

छोरीहरूलाई अँगाल्दै ...

​काठमाडौँ। "मलाई बाहिर नतान... तल हिलोमा मेरा छोरीहरूले मेरो हात समातिरहेका छन्!" ​विपत्तिको भयानक द ...

बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved