माओवादीबाट विजयी गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश गर्दै, ओलीले स्वागत गर्ने

  • पुस ८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं। गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ नेकपा एमाले प्रवेश गर्ने भएका छन्।

मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने भएका छन् । जसका लागि अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेलसहित आज बिहीबार पर्सा जाँदैछन्।

माओवादी केन्द्रबाट सांसद उम्मेदवार मुसलिन मियाँ अन्सारीसहित सोही गाउँपालिकाका वडा अध्यक्षहरु पनि एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको पर्सा जिल्ला कमिटीले जनाएको छ। कार्यक्रम व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य प्रभु साह, रघुवीर महासेठलगायत प्रदेश-२ का नेता पर्सा पुगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रसुवाका बाढीपीडितलाई ...

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै ...

छोरीहरूलाई अँगाल्दै ...

​काठमाडौँ। "मलाई बाहिर नतान... तल हिलोमा मेरा छोरीहरूले मेरो हात समातिरहेका छन्!" ​विपत्तिको भयानक द ...

बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved