प्रदेश-२ को नामाकरणका लागि चार प्रस्ताव : ‘मधेस प्रदेश’, र ‘जानकी प्रदेश’, राेजाइमा

  • पुस ९, २०७८
  • कालापानी मिडिया
alt

जनकपुर । प्रदेश-२ को नामाकरणका लागि प्रदेशसभामा चार प्रस्ताव पेस भएको छ । प्रदेशसभाको आठौं अधिवेशनको बिहीबार बसेको दोस्रो बैठकमा नामाकरणका लागि चार प्रस्ताव पेस भएको हो ।

बैठकमा ‘मधेस प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्य मधेस प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम पेस भएको हो । मधेस प्रदेश प्रस्ताव सत्तारुढ दल जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रबाट पेस भएको हो भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसको समर्थन गरेको छ ।

त्यस्तै सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट प्रदेशको नाम ‘जानकी प्रदेश’ प्रस्ताव पेस गरिएको छ । कांग्रेसले ‘मिथिला-भोजपुरा’ नामको प्रस्ताव पेस गरेको छ भने कांग्रेसकै प्रदेशसभा सदस्यले राजेश्वरप्रसाद साहले ‘मध्य मधेश’ प्रदेश प्रस्ताव पेस गरेको हो ।
जसपाको तर्फबाट शैलेन्द्र कुमार यादव, माओवादी केन्द्रको तर्फबाट भरत प्रसाद साह, नेकपा एसको तर्फबाट प्रमोद कुमार यादव, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले नामको प्रस्ताव पेस गरेका हुन् भने कांग्रेसकै राजेश्वर प्रसाद साहले ‘मध्य मधेश’ प्रदेश नामको प्रस्ताव पेस गरेका हुन् ।

नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामाकरणको प्रस्ताव भने आज पेस हुन सकेको छैन । सभामुख सरोज यादवले शारदा थापाले नामाकरण सम्बन्धमा पेस गर्ने भनिएको प्रस्ताव कार्यसूचीबाट हटाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रसुवाका बाढीपीडितलाई ...

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै ...

छोरीहरूलाई अँगाल्दै ...

​काठमाडौँ। "मलाई बाहिर नतान... तल हिलोमा मेरा छोरीहरूले मेरो हात समातिरहेका छन्!" ​विपत्तिको भयानक द ...

बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved