कतार सरकारले बढायो नेपाली कामदारको तलव, अब कसको कति हुन्छ ?

  • पुस १०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं। कतार सरकारले विदेशी श्रमिक तलब वृद्धि गरेको छ । कतार सरकारले एक हजार रियालभन्दा कम पारिश्रमिक भएका आप्रवासी श्रमिकको पारिश्रमिकमा एक हजार रियालले वृद्धि गरेको हो ।

नेपालस्थित कतारी दूतावासले सार्वजनिक गरेको प्रतिवेदनमा प्रतिमहिना एक हजार रियाल अर्थात् ३० हजार रुपियाँभन्दा कम आम्दानी भएका श्रमिकको तलब एक हजार ८०० रियाल अर्थात् ५० हजार रुपियाँभन्दा बढी पुगेको जनाइएको छ ।

दूतावासका अनुसार अब खानबस्नको राम्रो व्यवस्था भएका कम्पनीले महिनावारी एक हजार रियल तलब दिनुपर्ने र यस्तो व्यवस्था नभएका रोजगारदाताले मासिक एक हजार ८०० रियाल दिनैपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ । यसले कतारमा रहेका लगभग एक हजार रियालभन्दा कम पारिश्रमिक लिएर काम गरिरेका एक लाखभन्दा बढी नेपालीले लाभ लिनेछन् ।

कतारको श्रम मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नयाँ तलबमान व्यवस्था लागू भएपछि एक हजार रियालभन्दा कम पारिश्रमिक पाइरहेका तीन लाख आठ हजार १४६ जनाले एक हजार ८०० रियाल पारिश्रमिक पाउन थालेका छन् ।

महामारीको समयमा विदेशी श्रमिकलाई काम तथा आम्दानीमा कमी नहोस् भनेर कतार सरकारले अनलाइनमार्फत जागिर परिवर्तन गर्न सकिने गरी अनलाइन वेब पोर्टल तयार गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved