राप्रपाबाट एक्लिदै कमल थापा : लिंग्देनले माग पत्रकाे सुनुवाइ नगर्ने

  • पुस १०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौ । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रहेका कमल थापा नयाँ नेतृत्वलाई सहजै स्वीकार गर्न तयार भएनन् । उनले राजेन्द्र लिङ्देनलाई सहजै नेतृत्व हस्तान्तरण पनि गरेनन् । बधाई समेत दिन निकै दिन लगाए । उनले महाधिवेशनमा पूर्व राजा ज्ञानेन्द्रको हस्तक्षप भएको भन्दै छानविन गर्न माग राखे ।

अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिँदै उनले चार बुँदे आफ्ना माग पनि बुझाए । तर अब थापालाई थप पिरलो परेको छ । कमल थापाले बुझाएको ४ बुँदे माग पत्रमाथि सुनुवाइ नगर्ने निर्णय राजेन्द्र लिङ्देनले गरेका छन् । थापाले मंसिर २७ गते लिङ्देनलाई पत्र लेख्दै राप्रपा महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै त्यसउपर छानबिन माग गरेका थिए।

अध्यक्ष लिङ्देनले हिन्दु राष्ट्र र राजसंस्थामाथि पार्टीको नकारात्मक छवि बन्ने गरी कुनै पनि बहस, छलफल र निर्णय नलिने भएका हुन्। ‘राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा पार्टीको छ, त्यसमाथि नकारात्मक छवि बन्ने गरी कुनै पनि बहस, छलफल र निर्णय नलिने उहाँले भनिसक्नुभएको छ,’ लिङ्देननिकट नेता मोहन श्रेष्ठले भने, ‘जुन विषयवस्तुमाथि छानबिनको कुरा आएको छ, मलाई लाग्छ कुनै छलफल र निर्णय हुँदैन।’

महाधिवेशनमा पराजित भएपछि थापाले निर्मल निवासले हस्तक्षेप गरी आफूलाई हराएको आरोप लगाएका थिए। राप्रपा महाधिवेशनपछि लिङ्देनले पहिलो बैठक मंसिर २२ गते पार्टी कार्यालय धुम्बाराहीमा बोलाएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रसुवाका बाढीपीडितलाई ...

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै ...

छोरीहरूलाई अँगाल्दै ...

​काठमाडौँ। "मलाई बाहिर नतान... तल हिलोमा मेरा छोरीहरूले मेरो हात समातिरहेका छन्!" ​विपत्तिको भयानक द ...

बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved