नयाँ रूपमा देखिएको प्रतिगमन परास्त गर्न माओवादीको ठूलो भूमिका छ -दुर्गा पौडेल

  • पुस ११, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले माओवादीको महाधिवेशनले देशकै भविष्यमा ठूलो भूमिका खेल्ने बताइन् ।

माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै उपाध्यक्ष पौडेलले माओवादीले लिने निर्णयले पार्टीको मात्रै नभइ देशकै राजनीतिमा महत्त्व राख्ने बताएकी हुन् । नागरिकको लामो सङ्घर्ष र बलिदानबाट आएको गणतन्त्र, धर्मनिरपेक्षता लगायतका उपलब्धि खतरामा परेको अवस्थामा माओवादीले महत्त्वपूर्ण निर्णय लिनुर्पेमा पौडेलले जोड दिइन् ।

अहिले प्रतिगमन फरक रूपमा आएर लोकतन्त्रमा आक्रमण भइरहेको र त्यसलाई असफल पार्न माओवादीसहित पाँच दलीय गठबन्धन बनाइएको र त्यसलाई बलियो बनाउनुपर्ने पौडेलले बताए । नयाँ रूपमा देखिएको प्रतिगमन परास्त गर्न माओवादीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको भनाइ छ ।

उपाध्यक्ष पौडेलले माओवादी केन्द्रले गठबन्धन कायम राख्ने सम्बन्धमा पनि महाधिवेशनबाट निर्णय लिनुपर्ने बताए । उहाँले महाधिवेशनले एमसीसीलाई खारेज गर्न निर्णय लिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved