नेताहरुको जमघटमा जब नेताकै नाम र पार्टीबारे अल्मलिइन कुन्ती शाही

  • पुस ११, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनसत्र प्रज्ञा प्रतिष्ठानको हलमा भइरहेको छ।

उद्घाटन सत्रमा आमन्त्रित अतिथि मध्ये पहिलो वक्ताका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीले सम्बोधन सुरु गरिन्। तर, सम्बोधनको क्रमम उनले उपस्थित नेता र पार्टीको नाम नै बिगारिन्। शाहीले सम्बोधनका क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई ईश्वर पोखरेल भनेर सम्बोधन गरिन्। यस्तै, एमालेलाई नेपाल कम्युनिस्ट पार्टी नेकपा भनिन्।

सुरुमा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रचण्डु मात्रै भनिन्। पछि मात्रै उनले पुष्पकमल दाहाल ज्यू भनिन्।

शाहीले माधव नेपाललाई नेकपा समाजवादीको अध्यक्ष भनिन्। उनले अरु पार्टीको नाम नै थाहा पाइनन्। त्यसपछि माइक राखिएको स्थानबाट पछाडि फर्केर उनले नेता र पार्टीको नाम सोधेकी थिइन्। तर, नाम प्रष्ट हुन नसकेपछि उनले कसैलाई सम्बोधन गरिनन्। ुनेता गणु भन्दै उनले सम्बोधनलाई अगाडि बढाइन्।

यसअघि स्वागत मन्तव्य राख्ने क्रममा ऊर्जा मन्त्री समेत रहेकी माओवादी नेता पम्फा भुसालले पनि नेताको नाम गलत बताएकी थिइन्। उनले कुन्ती शाहीलाई राप्रपाकी महासचिव कुन्ती शर्मा भनेकी थिइन्। भुसाल अरु पार्टीको नाममा समेत अल्मलिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रसुवाका बाढीपीडितलाई ...

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै ...

छोरीहरूलाई अँगाल्दै ...

​काठमाडौँ। "मलाई बाहिर नतान... तल हिलोमा मेरा छोरीहरूले मेरो हात समातिरहेका छन्!" ​विपत्तिको भयानक द ...

बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved