सीपी गजुरेल बोल्दा माओवादी महाधिवेशन हलमा हुटिङ र ताली

  • पुस ११, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा ९क्रान्तिकारी माओवादी० का नेता सिपी गजुरेलले पूर्व माओवादीहरू एकजुट हुने कुरामा आफूहरू सकारात्मक रहेको बताएका छन्।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले भने, ‘हामी पहिला एकैठाउँमा थियौँ। अहिले माओवादी केन्द्रका अध्यक्षज्यूले पूर्व(माओवादीहरू एकजुट हुनुपर्छ भनिराख्‍नुभएको छ। त्यसलाई हामी सकारात्मक ढंगले लिएका छौँ। हामी सच्चा क्रान्तिकारीहरू एकजुट हुनुपर्छ।’

महाधिवेशनले पूर्वमाओवादीहरू एकजुट हुने मार्ग तयार गर्न सुझाव दिए।

नेता गजुरेलले भने, ‘जनयुद्धको लक्ष्य अधुरो र अपूरो छ। नेपाललाई जनगणतन्त्र बनाउन पारित गरौँ। राष्ट्रिय स्वाधीनताको विषयमा केही महत्वपूर्ण लिनुहोस्। एमसिसी सम्झौता खारेज गर्न जोड गर्नुहोस्। नेपालले गुमाएको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा नक्सामा फिर्ता लिएका छौँ। जग्गा फिर्ता ल्याउन पहल गर्नुस्।’

नेता गजुरेलले यस महाधिवेशनले आफूले दिएको एजेन्डालाई पारित गरेर पार्टी एकताको ढोका खुल्ने विश्वास व्यक्त गरे।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रसुवाका बाढीपीडितलाई ...

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै ...

छोरीहरूलाई अँगाल्दै ...

​काठमाडौँ। "मलाई बाहिर नतान... तल हिलोमा मेरा छोरीहरूले मेरो हात समातिरहेका छन्!" ​विपत्तिको भयानक द ...

बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved