१६ जिल्लाको कांग्रेसको अधिवेशन पुस २७ गते हुने

  • पुस १२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसले रोकिएका १६ जिल्लाको अधिवेशन पुस २७ गते गर्ने निर्णय गरेको छ।

विभिन्न विवादका कारण रोकिएका जिल्ला अधिवेशन पुस २७ गते एकै लिन गर्ने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार २७ गते बाँकी जिल्लामा अधिवेशन हुनेछ।

जिल्ला अधिवेशन हुन बाकी रहेका जिल्लाहरु सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली छन्। त्यस्तै मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर छन्।

जिल्ला अधिवेशन हुन बाँकी रहेका सबै १६ जिल्ला दुईभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्ला हुन्। क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छनोट भइसकेकाले पार्टीको केन्द्रीय महाधिवेशन भने सम्पन्न भइसकेको छ।

16_district_qMkhpOrL75

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved