अफ्रिकाका नेता डेसमण्ड टुटुको आगामी जनवरी १ मा अन्त्येष्टि गरिने,विश्वभरका नेताद्धारा श्रद्धाञ्जलि व्यक्त

  • पुस १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । रंगभेदविरुद्ध लामो समय लडेका दक्षिण अफ्रिकाका नेता डेसमण्ड टुटुप्रति विश्वभरका नेताले श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

नोबेल शान्ति पुरस्कार विजेता टुटुले रंगभेदी आन्दोलनमा नेल्सन मण्डेलासँग मिलेर काम गरेका थिए। टुटुको शनिबार ९० वर्षको उमेरमा निधन भएको हो।

दक्षिण अफ्रिकामा उनको सम्मानमा एक हप्तासम्म श्रद्धाञ्जलिका विभिन्न कार्यक्रम हुनेछन्। उनको केप टाउनमा आगामी जनवरी १ मा अन्त्येष्टि गरिने उनको फाउण्डेसनले सोमबार जनाएको छ।

पोप फ्रान्सिस, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती महारानी एलिजाबेथ द्वितीय, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामामासहितले टुटुको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले वक्तव्य जारी गरेर टुटुले दक्षिण अफ्रिकालाई स्वतन्त्र बनाउन ठुलो योगदान गरेको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved