व्यापारी मृत्यु प्रकरण :सर्लाहीमा भरे साँझ ७ बजेसम्म निषेधाज्ञा

  • पुस १४, २०७८
  • कालापानी मिडिया
alt

सर्लाही / सर्लाही प्रशासनले जारी गरेको निषेधाज्ञा आज (बुधबार) पनि कायमै छ । प्रहरी भ्यानको ठक्करबाट व्यापारीको ज्यान गएको विषयलाई प्रदर्शन भएपछि जिल्ला प्रशासन कार्यालयले हिजो ३ बजेदेखि आज साँझ ७ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको छ । व्यापारीको मृत्यु भएपछि जिल्लामा तोडफोड र तनाव उत्पन्न भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रशासनले केशरगन्ज सर्लाहीबाट पूर्व ईश्वरपुर नगरपालिका–४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका–८ रामपुर टोलसम्म तथा इलाका प्रहरी कार्यालय, केशरगन्ज सर्लाहीबाट उत्तर ईश्वरपुर नगरपालिका–५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका–९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरेको छ । 

आइतबार राति बयलवास इलाका प्रहरी कार्यालयको जिपले स्थानीय व्यापारी ३० वर्षीय रामकुमार महतोलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । प्रहरीले महतोको मृत्यु गएपछि घटना लुकाउन खोजेको र मृत्यु नै शङ्कास्पद भएको भन्दै स्थानीय व्यापारीले टायर बालेर विरोध प्रदर्शन गरेका छन् । हिजो जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेधाज्ञाको निर्णय गरेको थियो । 

‘दुर्घटनासम्बन्धी विषयलाई लिएर ईश्वरपुर नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पतिको तोडफोड, आगजनीलगायत गरिरहेको विरोध प्रदर्शनका कारण सर्वसधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मङ्गलबार ३ बजेदेखि बुधबार साँझ ७ः०० बजेसम्म कुनै किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने निषेधाज्ञा आदेश जारी गरिएको छ,’ प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved