देउवाप्रति रवीन्द्र मिश्रको आक्रोश : कांग्रेसको कार्यालयमा बीपीको फोटो हटाएर प्रचण्डको फोटो झुन्ड्याउनोस्!

  • पुस १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले कांग्रेसको पार्टी कार्यालयमा बीपी कोइरालाकोे फोटो हटाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो झुन्ड्याउन सुझाव दिएका छन्। 

बुधबार राति एक टेलिभिजन कार्यक्रममा बोल्दै संघीयताविरोधी मिश्रले गत आइतबार काठमाडौंमा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा प्रचण्डको प्रशंसा गरेकोप्रति आक्रोश पोखेका  हुन्। 

सम्बोधनमा देउवाले प्रचण्डले नै देशमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता ल्याउने क्रान्तिका नायक भनेका थिए। यसैकारण मिश्रले देउवालाई पार्टी कार्यालयमा बीपीको होइन, प्रचण्डको फोटो राख्न भनेर कटाक्ष गरेका हुन्।  

‘किनभने कांग्रेस सभापति शेरबहादुर देउवाले नै वर्तमान परिवर्तनका नायक प्रचण्ड हुन् भनिसके,’ मिश्रले भनेका छन्। उनले आफ्नो यो अन्तर्वार्ता सामाजिक सञ्जालमा राखेका छन्। 

संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गरिनुपर्ने राजनीतिक दस्तावेज ल्याएर आफ्नै पार्टी फुटाएका मिश्र नेपाल कम्युनिस्ट त्यसमा पनि खासगरी माओवादीप्रति बढी आक्रामक देखिन्छन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रसुवाका बाढीपीडितलाई ...

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै ...

छोरीहरूलाई अँगाल्दै ...

​काठमाडौँ। "मलाई बाहिर नतान... तल हिलोमा मेरा छोरीहरूले मेरो हात समातिरहेका छन्!" ​विपत्तिको भयानक द ...

बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved