माओवादी केन्द्र महाधिवेसन : कार्यकर्ताले उठाए गम्भिर प्रश्न ,प्रचण्ड परे अफ्ठेराेमा , नेताहरूकाे सम्पति बिवरण माग

  • पुस १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)बाट विभिन्न लाभको पदमा पुगेका नेताहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग भएको छ।पार्टीको तर्फबाट लाभको पदमा पुगेका सबैले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग उठेको हो। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिँदै सो माग गरिएको प्रतिनिधि बुद्धि जिसीले जानकारी दिए। लुम्बिनी प्रदेश र बागमती प्रदेशबाट सो माग उठेको हो। 

यस्तै, सत्तामा गएकाहरुलाई तत्काल फिर्ता गर्न पनि माग गरिएको छ। कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले आफ्नो समूहबाट आएका सुझाव उदृत गर्दै भनिन, ‘सत्तामा गएकाहरुले भ्रष्ट आचरण गरे फिर्ता बोलाउनुपर्छ।’

फेरि उठ्यो विशेष महाधिवेशनको कुरा 
भर्खरै महाधिवेशन गरिरहेको माओवादीमा विशेष महाधिवेशन गरेर भए पनि वैचारिक बहस गर्न माग गरेका छन्। ‘विशेष महाधिवेशन गरेर वैचारिक बहस गर्नुपर्छ’ नेता युवराज चौलागाईंले भने, ‘पार्टीमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था विधानमै राख्न सुझाव आएको छ।’

पुस ११ गतेदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको आठौं महाधिवेशनमा  अध्यक्ष प्रचण्डले सोमबार ४५ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए। सो प्रतिवेदन उपर २५ समूह बनाएर छलफल भएको हो। ११ समूहले बुधबारसम्म छलफलको निष्कर्ष पेश गरिसकेका छन् भने १४ समूहले बिहीबार प्रस्तुत गर्दै छन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रसुवाका बाढीपीडितलाई ...

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै ...

छोरीहरूलाई अँगाल्दै ...

​काठमाडौँ। "मलाई बाहिर नतान... तल हिलोमा मेरा छोरीहरूले मेरो हात समातिरहेका छन्!" ​विपत्तिको भयानक द ...

बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved