मन्त्री बन्न नपाए देश छोडेर लण्डन भासिने सुजाताको तयारी

  • पुस १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाै । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिमा पराजित भएपछि नेतृ सुजाता कोईराला सडकमा पुगेकी छिन् । तर, उनको इच्छा भने मन्त्री वन्ने छ।

प्रकाशमान सिंह प्यानलबाट उपसभापतिमा उम्मेद्वार भएर नराम्रो पराजय भोगेकी कोइराला मन्त्री वन्ने वा देशै त्याग्ने तयारीमा रहेको उनी निकट स्रोत वताउँछ।

सभापतिमा पराजित भएका प्रकाशमान सिंह, विमलेन्द्र निधि तथा मौन वसेका रामचन्द्र पौडेललाई दोस्रो चरणमा सहयोग गरे बापत सभापति शेरबहादुर देउवाले मनोनीत गरेर केन्द्रीय कार्यसमितिमा लाने तयारी गरेका छन् ।

तर, उपसभापतिमा पराजित भएका महेश आचार्य, विजय गच्छदार र सुजाता कोइरालाको विषयमा हालसम्म कुनै योजना देखिदैन। तर, कोइरालाको प्राथमिकता केन्द्रीय कार्यसमितिमा जाने छैन पनि। उनको नजर मिनेन्द्र रिजालले राजीनामा गरेपछि रिक्त रहेको रक्षा मन्त्रालय वा चर्काे विवादमा परेर गजेन्द्र हमालले राजीनामा दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छ।

अहिले दुवै मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हालिराखेका छन् । उनले दुई मध्ये एक मन्त्रालयको आशा राखेको वताईन्छ। उनले निर्वाचनमा सहयोग गरेवापत तत्कालीन महामन्त्री शशांक कोइरालाको सिफारिस खोजेकी छिन् ।

रक्षा अथवा उद्योग वाणिज्य मन्त्री हुन नपाए मुुलुक नै छाडेर लण्डन जाने तयारीमा छिन् । बाँकी जीवन आफ्ना पिता स्व.गिरिजाप्रसाद कोइराला र आफूले कमाएको सम्पत्ति मार्फत बंगलादेशबाट बसाईं सरेर लण्डन पुगेकी आफ्नी छोरीसँग जीवन बिताउने उनको योजना रहेको स्रोत वताउँछ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रसुवाका बाढीपीडितलाई ...

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै ...

छोरीहरूलाई अँगाल्दै ...

​काठमाडौँ। "मलाई बाहिर नतान... तल हिलोमा मेरा छोरीहरूले मेरो हात समातिरहेका छन्!" ​विपत्तिको भयानक द ...

बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved