महाधिवेशनमा गिरिराजमणि पोखरेललाई ‘अपराधी’ भनिएकोबारे प्रचण्डले आज जवाफ दिने

  • पुस १६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाै ।  नेकपा माओवादी केन्द्रका स्थायी समितिका सदस्य गिरिराजमणि पोखरेललाई पार्टीको जारी आठौं महाधिवेशनका क्रममा ‘अपराधी’ भनिएको विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार जवाफ दिने भएका छन्। 

बुधबार दिउँसो बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा भएको निर्णयबारे हललाई जानकारी दिँदै प्रवक्ता कृष्णबहादुर महराले सो जानकारी दिएका हुन्।

अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा सुझाव दिने क्रममा बुधबार प्रदेश २ को समूहबाट पोखरेललाई अपराधी भनिएको बारे छानबिन गर्न माग भएपछि स्थायी समितिको आपतकालीन बैठक बसेको थियो।

प्रदेश २ को समूहबाट नेता सत्यनारायण भगतले प्रचण्डको प्रतिवेदनमा सुझाव दिने क्रममा आक्रोशित हुँदै गिरिराजमणिलाई अपराधीको संज्ञा दिएका थिए। 

आफ्नो प्रतिवेदनमा समूहगत छलफलमा उठेका ज्ञिज्ञासा एवं प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले गिरिराजमणि पोखरेललाई अपराधी भनिएकोबारे पनि बोल्न भएका हुन्। 

प्रचण्डको प्रतिवेदनबारे छलफलका लागि २५ वटा समूह गठन गरिएको छ। तिनले आफ्नो निष्कर्ष पेस गरिसकेपछि प्रचण्डले जवाफ दिने भएका हुन्। 

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा यही पुस ११ देखि माओवादी केन्द्रको आठौं महाधिवशेन जारी छ, जसले नयाँ नेतृत्व चयन गर्नेछ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रसुवाका बाढीपीडितलाई ...

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै ...

छोरीहरूलाई अँगाल्दै ...

​काठमाडौँ। "मलाई बाहिर नतान... तल हिलोमा मेरा छोरीहरूले मेरो हात समातिरहेका छन्!" ​विपत्तिको भयानक द ...

बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved