सांसद वाहेक अब माओवादीका कोही नेता काठमाडौमा बस्न नपाउने: प्रचण्डले भने, ‘म पनि गाउँ फर्कने हो’

  • पुस १७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन माथिको वहस सकिएको छ । २५ समुहले आफ्नो सुझाव दिएपछि प्रचण्डले त्यसको जवाफ दिइरहेका छन् । निर्धारित समय भन्दा लम्बिएको महाधिवेशनमा समुहवाट आएको प्रश्न र सुझावको जवाफ दिँदै अध्यक्ष प्रचण्डले नयाँ प्रस्ताव राखेका छन् ।

उनले पार्टीका केन्द्रीय सदस्यहरू काठमाडौंमा बस्न नपाउने प्रस्ताव अगाडि सारेका छन्। उनले नेताहरु अब गाउँ फर्केर आफ्नो क्षेत्रमा काम गर्नुपर्ने प्रस्ताव राखेका हुन् । संसदमा उपस्थित हुनुपर्ने सांसद वाहेक अन्य केन्द्रीय सदस्य अब काठमाडौ बस्न नपाइने उनको भनाई थियो । उनले आफु पनि गाउँ फर्कने बताएका छन् ।

‘अब केन्द्रीय सदस्यले काठमाडौं बस्न पाउने छैनन्, हामी सबै गाउँ जाने हो,’ प्रचण्डले भने। प्रचण्डको प्रस्ताव पारित भएमा प्रतिनिधि सभा सांसदबाहेक केन्द्रीय सदस्यहरू जिम्मेवारी लिएका क्षेत्र मै जानुपर्ने हुन सक्छ।

साथै प्रचण्डले तीनै तहका निर्वाचनपछि पार्टीले विशेष महाधिवेशन गर्न सक्ने पनि बताएका छन्। तीन तहका निर्वाचनपछि विशेष महाधिवेशनमा जाने हो। विचार र बहसलाई त्यहाँ पुगेर पूर्णता दिने हो। यो सुरूवात हो पूर्णता होइन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved