माओवादी केन्द्रकोे चुनावी प्रक्रिया भोलिसम्मको लागि स्थगित, सहमतिमै नेतृत्व छान्ने प्रयास

  • पुस १७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि जारी गरिएको कार्यतालिका स्थगित गरिएको छ ।

सहमतिको लागि भन्दै आइतबार दिउँसो १ बजेसम्मका लागि कार्यतालिका स्थगित गरिएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जानकारी दिए। रातभर नै सहमतिको प्रयास जारी राख्ने र आइतबार १ बजेसम्म पनि सहमति नभए पुनः निर्वाचन प्रक्रिया सुरु गरिने उनले बताए ।

आजको बन्दसत्रबाट बाहिरिने क्रममा नेता एवं राष्ट्रियसभा सांसद रामनारायण विडारीले भोलि साँझसम्म सर्वसम्मतिमार्फत नेतृत्व चयन हुने बताएका थिए । माओवादी केन्द्रको अध्यक्षमा सर्वसम्मतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुँदा अन्य पदाधिकारी र केन्द्रीय सदस्य लगायतका पदमा भने निर्वाचन हुने देखिएको छ । यद्यपि विडारीले सहमति नजिक पुगिसकेको बताएका छन् ।

महाधिवेशनले शनिबार सर्वसम्मतिले पारित गरेको विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ ।

पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको कोटा बनाइएको छ । केन्द्रीय कमिटीमा सबै कोटा र खुलाबाट गरी ३५ प्रतिशत महिला अनि २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ । माओवादी महाधिवेशनम १ हजार ७ सय ४२ प्रतिनिधि सहभागी छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved