अमिताभ र चिरञ्जीवीको ‘सई रा नरसिंह रेड्डी’ले तीन दिनमै कमायो १०० करोड

  • असोज २०, २०७६
  • कालापानी मिडिया
alt

यतिबेला बलिउडमा महानयक अमिताभ बच्चन र चिरञ्जीवी अभिनित ‘सई रा नरसिंह रेड्डी’ र ऋतिक रोशन र टाइगर श्राफ अभिनीत ‘वार’ले बक्स अफिसमा तहल्का मच्चाइरहेका छन्।

दुवै फिल्म एक अर्काका लागि टक्करजस्तै भए पनि ‘वार’का लागि ‘सई रा नरसिंह रेड्डी’ भारी परेको छ।

दुवै फिल्मले दमदार ओपनिङ गरेका थिए। वारले तीन दिनमा ९९.७० करोड कमाउन सफल भएको थियो भने सोही समयमा सई रा नरसिंह रेड्डीले १०० करोड पार गर्दै आफूलाई अब्बल सावित गर्न सफल भएको छ।

मिडिया रिपोर्टर्सका अनुसार बक्स अफिसमा वारलाई सई रा नरसिंह रेड्डीले पछाडि पारेको छ। यो फिल्मको तीन दिनको कुल कमाइ १०७ करोड कमाएको छ। यो फिल्म अंग्रेजका विरुद्ध लडाइँको सुरुवात गर्ने योद्धा उय्यालावादा नरसिंह रेड्डीको जीवनीमा आधारित फिल्म हो।

यो फिल्ममा अमिताभ नरसिंहको गुरुको भूमिका देखिएका छन्। वारमा भने ऋतिक र टाइगरका अलावा वाणी कपुर, अनुप्रिया र दीपानीता शर्मा मुख्य भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved