माओवादी महाधिवेशन : फेरि नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक, केन्द्रीय सदस्य चयन गर्न प्रदेशमा भागवन्डाको तयारी

  • पुस १८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि परिवर्तन भएको छ। शनिवार तय भएको निर्वाचन कार्यतालिका पटक पटक परिवर्तन भएकोमा आज पनि फेरि नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो।

नयाँ कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता आज दिउँसो ४ बजेदेखि ६ बजेसम्म गर्ने भनिएको छ। यस्तै, उम्मेदवारको मनोनयन पत्र दर्ता सूची प्रकाशन बेलुकी ६:३० बजे हुनेछ। ७ बजे उम्मेदवारको विरोधमा उजुरीका लागि समय छुट्याइएको छ। उजुरी उपार छानविन र निर्णय ७:४५ सम्म हुनेछ।

उम्मेदवारको नामावली पुन:प्रकाशन राति ८ बजे गर्ने भनिएको छ। उम्मेदवारी फिर्ता लिनका लागि आधा घण्टाको समय छुट्याइएको छ। अन्तिम नामावली राति ८:४५ मा प्रकाशित गरिनेछ।

आज राति ८ बजेदेखि सोमवार बिहान १:२५ सम्म मतदान हुने कार्यतालिकामा उल्लेख छ। मतगणना भने मतदान सम्पन्न भएको एक घण्टापछि नै सुरु गर्ने बताइएको छ।सहमतिका लागि कयौं प्रयास भएपनि सहमति हुननसक्दा पटकपटक निर्वाचन कार्यतालिका हेरफेर भइरहेको हो।

यसअघि यो महाधिवेशनबाट १५ जना पदाधिकारी चयन गर्ने भनिएको थियो। अब भने पदाधिकारी संख्या केन्द्रीय कमिटीले आवश्यकता अनुसार निर्धारण गर्ने जनाइएको छ।त्यसैले पनि केन्द्रीय कमिटी सर्वसम्मत बनाउन नेताहरु लागेको बताइन्छ। ७ प्रदेशबाट सर्वसम्मत रुपमा २५६ सदस्य छनोट गर्ने प्रयास भइरहेको छ। प्रदेश १ बाट ४१ जना,

प्रदेश २ बाट २५ जना, वाग्मतीबाट ५२ जना, गण्डकीबाट २४ जना, लुम्बिनीबाट ४० जना, कर्णालीबाट ३१ जना र सुदूरपश्चिमबाट २९ जना सदस्य केन्द्रीय कमिटीमा राख्ने तयारी स्वरुप छलफल भइरहेको छ। यस्तै, प्रवास विशेष सम्पर्कबाट १४ जना केन्द्रीय कमिटीमा राख्ने गरी भागवन्डाको खांका बनेको बताइन्छ।

छलफल र नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक सार्वजनिक भए बिच आजको बन्द सत्र सुरु गर्ने तयारी अध्यक्ष मण्डलले गरेको छ।

बन्दसत्रमा सहभागी हुन सबै प्रतिनिधिहरु हलमा प्रवेश गरिसकेका छन्। बन्द सत्र अघि स्थायी कमिटी बैठक चलिरहेको छ। स्थायी कमिटी सकिए लगतै बन्द सत्र सुरु हुनेछ। आज पार्टीको केन्द्रीय कमिटी चयन गर्दै बन्द सत्र सम्पन्न गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved