प्रधानमन्त्री देउवालाइ राजेन्द्र लिंग्देनकाे ज्ञापन पत्र : पृथ्वी जयन्तीमा सार्वजनिक विदाको माग

  • पुस १८, २०७८
  • कालापानी मिडिया
alt

काठमाण्डाै ।  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पृथ्वी जयन्तीमा सार्वजनिक विदाको माग गरेका छन् ।

आज बालुवाटार पुगेर लिङ्देनसहित राप्रपा नेताहरूले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरेका छन्। राप्रपा नेता मोहन श्रेष्ठका अनुसार पृथ्वी जयन्तीका दिन पुस २७ मा बिदा दिन राप्रपा प्रतिनिधिमण्डलले माग गरेको हो।

साथै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने पनि राप्रपाको माग छ। राप्रपाले प्रधानमन्त्री देउवालाई पृथ्वी जयन्तीमा बिदा दिन माग गर्दै ज्ञापन पत्र पनि बुझाएको छ।

अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलमा उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे र रोशन कार्की, महामन्त्रीहरु भुवन पाठक र कुन्ती शाही सहभागी रहेको प्रतिनिधिमण्डलका सदस्य नेता मोहन श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved