जब तालिबान कमाण्डरसँग यौन सम्बन्ध राख्न अस्वीकार गरिन्…

  • पुस १८, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी। अफगानिस्तानको हेरात प्रान्तमा सशस्त्र विद्रोही समूह तालिबानका कमाण्डरले एक अफगान युवतीमाथि निर्घात कुटपिट गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडियोका अनुसार ती युवतीले यौन सम्पर्क गर्न अस्वीकार गरेपछि कमाण्डरले कुटेको बुझिएको छ।

भिडियोमा युवतीको शरीरमा नीलडाम र चोट देख्न सकिन्छ। ट्विटरमा सेयर गरिएको भिडियोमा कमान्डरले कुटेपछि ती युवती चिच्याएकी देखिन्छन्। तर, तालिबानले भने यी सबै आरोपको अस्वीकार गर्दै उक्त घटनामा आरोपित कमान्डरको कुनै संलग्नता नरहेको दाबी गरेको छ।

अफगान समाचारका अनुसार गृह मन्त्रालयले सो घटनामा संलग्न रहेको आशंकामा एक किशोर र किशोरीलाई सार्वजनिक गरेको छ। तालिबानले घटनालाई अन्यत्रै मोड्न खोजेको स्थानीयले आरोप लगाएका छन्। तालिबानले आफ्ना कमान्डरको लाज छोप्न र विषयलाई तोडमोड गर्न त्यस्तै प्रकृतिको अर्को भिडियो बनाएको स्थानीयको आरोप छ।

तालिबानले सार्वजनिक गरेको भिडियोमा देखिएकी किशोरी वास्तविक पीडित नभएको जनाइएको छ। घटनासँगै सत्ता रोहणका बेला महिला र पुरुषलाई बराबर अधिकार दिने बताएको तालिबान समूहको अभिव्यक्ति महिलाहरूका लागि ‘एकादेशको कथा’ जस्तै भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved