भीम रावलको प्रश्न : देउवाले परराष्ट्र मामिला श्रीमतीलाई जिम्मा लगाएका हुन्?

  • पुस १९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं ।  निजी भ्रमणमा भारत गएकी भनिएकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले राजनीतिक भेटघाट तीव्र बनाएपछि अनेक प्रश्न उठेका छन्।यही पुस २५ मा देउवा भारत जानुअघि भएको आरजुको यो भ्रमणले नेपालको कुटनीतिक क्षेत्रमा विभिन्न प्रश्न उठाएको छ।

साधरणतया प्रधानमन्त्री विदेश निस्कुन पहिले परराष्ट्र मन्त्री या परराष्ट्र मन्त्रालयका अधिकारीले तयारी भ्रमण जाने कूटनीतिक परम्परा छ।तर देउवाले निजी कामका लागि भन्दै दिल्ली पठाएपछि आरजुले त्यहाँस्थित भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसहितलाई भेटिसकेकी छन्। 

निजी भ्रमणमा गएकी प्रधानमन्त्री पत्नीको राजनीतिक भेटघाटलाई लिएर एमाले नेता भीम रावलले प्रश्न उठाएका छन्। उनले चौथाइवालेसँग आरजुको भेटलाई देशको परराष्ट्र मामिलामा हस्तक्षेप भनेका छन्। 

'श्रीमती आरजु राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसँग नयाँ दिल्लीमा वार्ताको समाचार आयो', उनले भनेका छन्, 'के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुन लागेको हो?' 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved