एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमै फर्किए

  • पुस १९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झाले नेकपा एमालेमै फर्किएका छन्।प्रदेश २ मा प्रभावशाली नेताका रुपमा परिचित माधव नेपाल नेतृत्वको नेकपा समाजवादी छाडेर आइतबारदेखि एमालेमै फर्किएका हुन्।

आइतवार साँझ बालकोटमा उलाई स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाको रोहवरमा एध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराए।झा नेकपाकालमा पनि नेकपा केन्द्रीय सदस्य थिए। तर उनी माधव नेपालसँगको व्यक्तिगत सम्बन्धका कारण समाजवादीतिर लागेका थिए।   

यसअघि पनि झाले एमाले छाडेका थिए। २०७० सालमा तत्कालीन माले समाजवादीका सह–अध्यक्ष एवम् पूर्वमन्त्री झालाई एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका थिए।

झा पहिले पनि एमालेका पोलिटब्यूरो सदस्य रहिसकेका व्यक्ति हुन् । २०६० मा एमाले परित्याग गरी मालेमा पुगेका झा २०६९ मा डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन हुँदा माले फोडेर माले समाजवादी गठन गर्दै वन मन्त्री बनेका थिए ।

एमालेका नेताहरुले त्यसबेला नै धनुषाका रामचन्द्र झाले पार्टी छाडेर माओवादीमा गए पनि उनको विकल्पका रुपमा यदुवंश झा आएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved