पीसीआर परीक्षण नहुँदा ज्ञानेन्द्र मल्लसहित ९ खेलाडी बन्द प्रशिक्षणमा अनुपस्थित

  • पुस १९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं ।नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीहरूबीच सहमति भएसँगै बन्द प्रशिक्षणका लागि खेलाडीहरू साेमबार बिहान त्रिवि क्रिकेट मैदान पुगेका छन्। 

सबै खेलाडी सहभागी हुने सहमति भए पनि पीसीआर परीक्षण बाँकी रहेकाले पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरीलगायत ९ खेलाडी भने आज उपस्थित भएका छैनन्। 

आज (सोमबार) कोरोना परीक्षण गर्ने र रिपाेर्ट नेगेटिभ आए भोलि मंगलबादेखि उनीहरू पनि सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान)​ ले जनाएको छ।क्यान र कारबाहीमा परेका खेलाडीहरूबीच हिजाे सहमति भएपछि सबै खेलाडी सोमबार सुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका हुन्। 

आयोजकका अनुसार आज पहिलो दिन फिटनेस ट्रेनिङ हुनेछ।सहमतिअनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीविरुद्ध सेन्ट्रल कन्ट्रयाक्टमा लगाइएको ६ महिने प्रतिबन्ध पनि फुकुवा भएको छ। 

यसअघि क्यानले अनुशासन उलंघन गरेको आरोपमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीविरुद्ध कारबाही गरेको थियो।

अनुशासन उल्लंघन गरेको पाइएको भन्दै क्यानको बोर्ड बैठकले ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान र उपकप्तान पदबाट हटाएको थियो। उनीहरूसँगै सोमपाल र कमललाई ६ महिनाको केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो। 

यो विवाद बढ्दै जाँदा यही वर्ष (सन् २०२२) मा अस्ट्रलियामा हुने टी–२० विश्वकपका लागि आगामी महिना (फेब्रुअरी) ओमानमा हुने ग्लोबल छनोटको बन्द प्रशिक्षणका लागि बोलाइएकामध्ये १३ खेलाडीले रिपोर्टिङ गरेका थिएनन्।

बन्द प्रशिक्षणमा बोलाइएकामध्ये आधा खेलाडी सम्पर्कमा नआएपछि यो प्रकरण मिलाउन क्यानलाई दबाब परेको थियो। यहीबीच आइतबार दुई पक्षबीच सहमति भएको हो। याेसँगै बन्द प्रशिक्षण पनि अघि बढेकाे हाे। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved