देउवाको भारत भ्रमण तयारी : रुससहित पाँच देशका सरकार प्रमुखसँग मञ्च सेयर गर्ने

  • पुस १९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा अर्को साता भारत भ्रमणको तयारीमा छन्। भारतको गुजरात सरकारले आयोजना गर्न लागेको भाइव्रेन्ट गुजरात कार्यक्रममा सहभागी हुन उनी भारत जाने तयारीमा रहेका हुन्।

गुजरात सरकारले प्रधानमन्त्री देउवा कार्यक्रममा सहभागी हुने आधिकारिक वक्तव्यमा उल्लेख गरेको छ। यद्यपि, नेपालको परराष्ट्र मन्त्रालयले भने भ्रमण तालिका सार्वजनिक गरिसकेको छैन।

सम्मेलनमा सहभागी हुन नेपाल सहित पाँच देशका सरकार प्रमुख गुजरातमा पुग्ने इन्डियन एक्सप्रेसले जनाएको छ। सम्मेलनमा रुसका राष्ट्रपति मिखाइल मिशुस्तिन, मोजाम्बिकका राष्ट्रपति फिलिपे ज्यासिन्टो न्यूसी, मोरिससका प्रधानमन्त्री प्रभिन्ड जुग्नाउथ, स्लोभेनियाका प्रधानमन्त्री जानेज जान्सा सहभागी हुनेछन्।

जनवरी १०-१२ सम्म चल्ने सम्मेलनमा २६ देश साझेदार राष्ट्रको रुपमा राखिएको छ। २००३ देखि आयोजना थालिएको सम्मेलनमा यो संख्या हालसम्मकै धेरै हो। त्यस्तै सम्मेलनमा विभिन्न १५ देशका विदेश मन्त्रीहरु सहभागी हुने गुजरात सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रसुवाका बाढीपीडितलाई ...

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै ...

छोरीहरूलाई अँगाल्दै ...

​काठमाडौँ। "मलाई बाहिर नतान... तल हिलोमा मेरा छोरीहरूले मेरो हात समातिरहेका छन्!" ​विपत्तिको भयानक द ...

बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved