रामकुमारी झाँक्रीको पिर्के सलामी : सामाजिक सञ्जालमा चर्काे बहस

  • पुस २०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौ । नेकपा एमालेको सरकार हुँदा जिल्ला गएका मन्त्री र जनप्रतिनिधिलाई दिइएको सलामीको निकै आलोचना हुने गरेको थियो । सलामी लिएका तस्बिर सामाजिक सञ्जालमा राखेर निकै टिप्पणी हुन्थे । त्यसरी टिप्पणी गर्नेमा एक जना नेकपा एकीकृत समाजवादी पार्टीकी नेता रामकुमारी झाँक्री पनि थिइन् । तर समाजवादीकी सचिव एवं शहरी विकास मन्त्री रामकुमार झाँक्री आफै अहिले आलोचित बनेकी छन् ।

उनले सलामी लिएको तस्वीर सामाजिक सन्जालमा भाइरल हुनुका साथै उनको चर्को आलोचनासमेत भएको छ । गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा पुगेकी उनलाई प्रहरीले ‘पिर्के सलामी’ दिएको हो । सो तस्वीर आइतबार सार्वजनिक भएको थियो ।

गुल्मी मन्त्री झाक्रीको गृहजिल्ला पनि हो । पिर्के सलामीको विगतमा पनि चर्को आलोचना हुने गरेकोमा गणतन्त्रवादी नेतृत्वको पहिचान बनाएकी झाँक्रीले सलामी लिएर आलोचना खेपेकी हुन् । विगतमा यस्तो पिर्के सलासी पर्थाको स्वयम उनैले आलोचना गर्दै आएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रसुवाका बाढीपीडितलाई ...

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै ...

छोरीहरूलाई अँगाल्दै ...

​काठमाडौँ। "मलाई बाहिर नतान... तल हिलोमा मेरा छोरीहरूले मेरो हात समातिरहेका छन्!" ​विपत्तिको भयानक द ...

बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved