विवेकशील साझा पार्टी विवाद : सर्वाेच्च अदालत जाँदै मिलन पाण्डेको पक्ष

  • पुस २०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं ।  विवेकशील साझा पार्टीबाट निष्कासित तत्कालीन संयोजक मिलन पाण्डेको पक्षले पार्टीको वैधानिकता प्राप्तिका लागि सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ।

विवेकशील साझा पार्टीको वैधानिकता अध्यक्ष रवीन्द्र मिश्रलाई दिएको निर्वाचन अयोगलाई यस विषयमा पुनरवलोकन गर्न भन्दै पाण्डेले निवेदन दिएका थिए। तर आयोगले ‘निर्णय गर्न नचाहेको’ भनेर जवाफ दिएपछि पाण्डे पक्ष सर्वाेच्च अदालत जाने भएको हो। 

पाण्डे पक्षका प्रवक्ता हरिशपसाद भट्टले विज्ञप्ति जारी गरी आफूहरू यस विषयमा कानुनी उपचारका लागि चाँडै सर्वाेच्च अदालत जाने तयारीमा रहेको जानकारी दिएका हुन्। 

‘पार्टीको विधान विपरीत पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने जस्तो गम्भीर निर्णय भएको एकल बैठक, जहाँ उपस्थित भएर असहमति जनाएका र बैठकमै उपस्थित नरहेका सबैको सहमति छ भनेर किर्ते माइन्युट बनाइयो’, विज्ञप्तिमा भनिएको छ, ‘त्यो बैठकको वैधानिकता उपर उजुरी दिँदासमेत बिना जाँचबुझ सदर गर्ने निर्णय गर्नुमा आयोगको के बाध्यता थियो? अदालतमा आयोगले जवाफ दिनुपर्नेछ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रसुवाका बाढीपीडितलाई ...

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै ...

छोरीहरूलाई अँगाल्दै ...

​काठमाडौँ। "मलाई बाहिर नतान... तल हिलोमा मेरा छोरीहरूले मेरो हात समातिरहेका छन्!" ​विपत्तिको भयानक द ...

बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved