बाबुरामले किन भने ‘म फेरि एकपटक बहुलाएको छु’ ?

  • पुस २०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई सामाजिक सञ्जालमा निकै सकृय छन् । उनले आफु गएका स्थानका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्छन । कुनै पनि विषयमा तत्काल प्रतिकृया पनि जनाउँछन् । उनका भनाई र प्रतिकृया प्रति आएका टिप्पणीको खासै वास्ता गर्दैनन् ।

डा भट्टराईले परिवर्तनका लागि आफु फेरी एक पटक बहुलाएको बताएका छन् । इलामको फिक्कलमा जसपाले आयोजना गरेको सभालाई सोमबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले प्रतिगामी शक्तिहरुले आफूलाई बहुला भन्दै आएको प्रसंग निकाल्दै सकारात्मक परिवर्तनका लागि सचेत नागरिक बहुलाउनै पर्ने टिप्पणी गरेका हुन् ।

‘परिवर्तनका लागि विद्वानहरु बहुलाउन जरुरी छ‚’ उनले भने‚ ‘परिवर्तका लागि पहिले पनि बहुलाएर क्रान्तिको बिगुल फुकेकै हो, म फेरि एकपटक परिवर्तनका लागि बहुलाएको छु।’

जसपा पुरानो सोच र सिद्धान्त बोकोको पार्टी नभएर नयाँ सोच, दृष्टिकोण र सिद्धान्त बोकेको पार्टी भएको दावी गर्दै उनले संविधान संशोधन हुनुपर्ने बताए । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्न पनि बाँकी राखेनन् । आफ्नै पार्टी जोगाउन नसक्ने ओलीले राष्ट्रियताको कुरा गर्न नसुहाउने बताए । ‘देश बनाउन त परै जाओस्, आफ्नै पार्टीलाई सम्हाल्न नसकेर तहसनहस बनाएका उनैले अहिले राष्ट्रियताको चर्को कुरा गरिरहेका छन्।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

बागमती विश्वविद्यालय ...

हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्ष ...

बाढीपीडितलाई प्रधानम ...

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved