विवाद समाधानका लागि कांग्रेसका शीर्ष नेता छलफल गर्दै

  • माघ ८, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसमा चुलिएको पछिल्लो विवाद समाधानका लागि बुधबार शीर्ष नेताहरुबीच छलफल हुँदैछ ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुबीच छलफल हुने भएको छ । सभापति देउवाले वरिष्ठ नेता पौडेललाई छलफलका लागि आप्mनै निवास बूढानीलकण्ठ बोलाएका छन् । सभापति देउवाका सहयोगी भानु देउवाले दिउँसो ३ बजेका लागि तय गरिएको बैठकमा पार्टीभित्रको पछिल्लो समस्या सामाधानका लागि छलफल हुने जानकारी दिए ।

यसअघि गत पुस २७ गते बूढानीलकण्ठमै सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो । वरिष्ठ नेता पौडेल उपचारका लागि भारतको नयाँदिल्ली जानुपूर्व भएको उक्त छलफलमा दुबै पक्षले गठन गरेका कार्यदलले अनौपचारिक छलफल गरी समस्या समाधानका लागि पहल गर्नेबारे सहमति जुटेको थियो ।

यसबीचमा उपसभापति विमलेन्द्र निधि, पौडेल समूहले वार्ताका लागि गठन गरेको कार्यदलका सदस्य प्रकाशमान सिंह र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता सिटौलाबीच सानेपामा पटकपटक छलफल भइसकेको छ । पछिल्लो समय गत आइतबार भएको अनौपचारिक छलफलमा नेतात्रयबीच तत्काल सहमति निर्माण गरी अघि बढ्ने बिषयमा सहमति जुटेको थियो ।

स्रोतका अनुसार सभापति देउवा १४ औं महाधिवेशनको पूर्वनिर्धारित मिति यथावत राखेर तल्लो तहका संरचनाको अधिवेशन मिति सच्याउन सकारात्मक देखिएका छन् । यस्तै इतर समूहको बहिष्कारका बीच बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन प्रयोजनका लागि निलम्बन गरेका विधानका धाराहरु फुकुवा हुने पनि सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved