नारायणहिटीभित्र रेष्टुराँ खोल्न अनुमति दिएको छैन - योगेश भट्टराई

आरोप लगाउनेलाई पुष्टि गरेर देखाउन चुनौती

  • पुस २१, २०७८
  • कालापानी मिडिया
alt


तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कफी हाउस सञ्चालन अनुमतिबारे आफ्नो पालामा कुनै निर्णय नभएको बताएका छन्।
नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्तासहितले आफ्नो पालामा उक्त निर्णय भएको आरोप लगाएपछि भट्टराईले त्यसको खण्डन गरेका हुन्।

उनले आफू पर्यटनमन्त्री हुनुअघि नै नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कफी हाउसको पूर्वाधार बनिसकेको पनि बताएका छन्।

ुनारायणहिटी दरबार सङ्ग्रहालयबारे सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। त्यस सम्बन्धी कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछुु, उनले भनेका छन्, त्यसबारेको कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सविनय अनुरोध गर्दछु। आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवाफदेहीता नरहने स्वतस् स्पस्ट छ।
उनले गर्दै नगरेको निर्णयलाई लिएर आफूलाई बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।
ुबिनाकसुर कसैको सार्वजनिक छविमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछुु, उनले भनेका छन्, ुमेरो संलग्नता रहेको भए सत्यतथ्य र मेरो हस्ताक्षरसहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनौती दिन्छु। म मन्त्री हुनुपूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो।
नारायणहिटी दरबार संग्रहालयमा बतास समूहले कफी हाउससहितको रेष्टुराँ चलाउन लागेपछि त्यसको चर्को विरोध भएको थियो।
त्यो कफी हाउस तथा रेष्टुराँ पर्यटन मन्त्री प्रेम आलेले चलाउन नदिन मंगलबार मौखिक निर्देशन दिएका छन्। उनको निर्देशनपछि कफी हाउस खोल्ने निर्णय योगेशको भन्दै समाजवादीका नेता कार्यकर्ता उनीमाथि खन्निएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved