सभापतिले एकलौटी गरे पार्टीमा दुर्घटना हुन सक्छ -शेखर कोइराला

कांग्रेस रुपान्तरणका लागि देशव्यापी अभियानमा जाने

  • पुस २१, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाले सभापतिले एकलौटी गरे पार्टीमा दुर्घटना हुनसक्ने चेतावनी दिएका छन्।
आफ्नो पक्षको भेलाअघि संचारकर्मीसँग बोल्दै कोइरालाले सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्ने बताएका हुन्।

‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको छ। सबै योग्य र सक्षम हुनुहुन्छ।’ उनले भने, ‘तर के मापदण्ड बनाएर यो काम गर्नुभएको हो ? हामी जान्न चाहन्छौं। ’

पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको भन्दै उनले नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भन्ने प्रश्न उठ्न सक्ने बताए।

‘पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्तालाई पाखा लगाउने कामका विरुद्ध डटेर आवाज उठाइरहनुपर्ने आवश्यकता देखेको छु । कोइरालाले भने, विधि र विधानबाहिर गएर गरिने सबै कार्यहरु बन्द गर्न एक ढिक्का भएर प्रयत्न गर्नु जरुरी छ।’

पार्टी नेतृत्वको गतिविधि र निर्णयले निराशा पैदा भए आगामी निर्वाचनहरु कांग्रेसका लागि कठिन रहेको उनको तर्क छ । उनले अबका चुनावहरुमा कांग्रेस एक्लै लड्ने पनि बताए।

हालै मात्र हामीले राष्ट्रियसभाका उम्मेदवार चयन गर्‍यौं, अब तीनवटा निर्वाचन हामीहरूको सम्मुख छ। कोइरालाले भने,नेपाली कांग्रेस एक्लै लड्छ र हामी विजय प्राप्त गर्छौं। अब कांग्रेस रुपान्तरणका लागि आफूहरु देशव्यापी अभियानमा जाने पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

माथिल्लो त्रिशूली सु ...

काठमाडौँ। रसुवास्थित माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जना मजदुर तथा स्थानी ...

रसुवाका बाढीपीडितलाई ...

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved