राष्ट्रपति भण्डारी र बिम्स्टेकका महासचिव लेकफेलबीच भेटवार्ता

  • पुस २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग क्षेत्रीय संगठन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिन लेकफेलले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारी र महासचिव लेकफेलबीच बुधबार राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

हाल नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव लेकफेलले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र परराष्ट्र सचिव भरत राज पौड्यालसँग भेटवार्ता गरेका छन् ।

बिम्स्टेकको पाँचौ शिखर सम्मेलन आगामी मार्च ३० मा गर्न प्रस्ताव गरिएको छ । अध्यक्ष मुलुक श्रीलंकाले बिमस्टेकको पाँचौ शिखर सम्मेलन आयोजनाका लागि नयाँ मिति प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

माथिल्लो त्रिशूली सु ...

काठमाडौँ। रसुवास्थित माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जना मजदुर तथा स्थानी ...

रसुवाका बाढीपीडितलाई ...

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved