हुम्लामा माओवादी केन्द्र नेतृत्वबिहीन, पूर्व सांसद लामाको नेतृत्वमा ५० नेता एमालेमा प्रवेश

  • पुस २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैँ । हुम्लामा माओवादी केन्द्र नेता बिहीन हुन पुगेको छ । पूर्व सांसद छिमी दोर्ची लामाको नेतृत्वमा जिल्लास्तरीय सबै नेता एमाले प्रवेश गरेपछि माओवादी नेता बिहीन बन्न पुगेको हो ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीका पूर्वसदस्य तथा २०६४ सालको संविधानसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने सभासद् छिमी दोर्ची लामाको नेतृत्वमा जिल्लाका महत्वपूर्ण नेताहरू नेकपा (एमाले) मा प्रवेश गरेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बुधबार बालकोटमा लामा लगायतका नेतालाइ अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन । प्रवेश गर्नेमा माओवादीका कर्णाली प्रदेश कमिटीका छ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्यलगायत रहेका छन ।

नेकपा (एमाले) रोजेर समयमै सही निर्णय गरेको नवप्रवेशी नेताहरूलाई धन्यवाद दिंदै अध्यक्ष अाेलीले भने, ‘प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ । हेर्दै जानुहोला- त्यसको हालत कुनै बेलाको पेरूको साइनिङ पाथको जस्तो हुनेछ ।’

उक्त अवसरमा पार्टीका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहइन्चार्जद्वय दल रावल र दल फडेरालगायतका नेताहरू उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

बागमती विश्वविद्यालय ...

हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्ष ...

बाढीपीडितलाई प्रधानम ...

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved