प्रदेश सरकार सुनकोसी कोरिडोर निर्माणका लागि प्रतिबद्ध छ : मन्त्री कार्की

  • पुस २३, २०७८
  • कालापानी मिडिया
alt

उदयपुर / उदयपुरको भाग्य र भविष्यसँग जोडिएको सुनकोसी कोरिडोर (घुर्मी–चतरा सडक) निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले बताएका छन् । उदयपुरको ताप्ली गाउँपालिका–५ कुमलटारस्थित यारी खोलामा प्रदेश सरकारद्वारा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन ।

 कार्कीले यस क्षेत्रका समस्याहरूको बारेमा राम्रोसँग बुझेकाले सुनकोसी कोरिडोरलाई नयाँ ढंगबाट अगाडी बढाउन प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गर्ने तयारी थालेको बताए । सुनकोसी कोरिडोर यस क्षेत्रको समृद्धिको मूल आधार हुने भएकाले यसलाई अगाडी बढाउन प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी राखेको जानकारी दिए ।

मन्त्रालयका सचिव लगायत इन्जिनियरहरूको टोली लिएर पुल उद्घाटन गर्न पुगेका कार्कीले भने, ‘उदयपुरको भूगोल सुगम नरहेकाले जिल्लाको विकटतालाई हेरेर बजेट विनियोजन गरी दिन म मन्त्रालयका सचिव लगायत अन्य प्राविधिक कर्मचारीहरूलाई अनुरोध गर्दछु ।’

मन्त्रीको जिल्ला भनेर उदयपुरमा बजेट हाल्न दबाब दिन्न तर यस क्षेत्रको विकटतालाई हेरेर बजेट विनियोजन गर्न सचिवलाई ध्यानाकर्षण गराउन चाहन्छु । उदयपुरको ताप्ली गाउँपालिका–५ स्थित यारी खोलामा करिब ८ करोड ७४ लाखको लागतमा पुल निर्माण भएको यातायात पूर्वाधार निर्देशनालय प्रदेश नम्बर १ ले जनाएको छ ।

बेतिनी, नुनथला, कुमलटार, रुपाटार ठानागाउँ सडक अन्तरगत पर्ने सो पुल निर्माण भएपछि ताप्ली गाउँपालिका र लिम्चुङबुङ गाउँपालिका साथै खोटाङको हलेसीतुवाचुङ नगरपालिकाका स्थानीयहरूलाई प्रत्यक्ष फाइदा पुग्ने छ ।

२०७६ चैत ६ गते प्रदेश सांसद कला घलेले शिलान्यास गरेको सो पुल कोभिडको महामारीको बिचमा समेत निर्माण सम्पन्न गरेकाले निर्माण कम्पनी एएनएस केएम जेबी एनएस जेभी काठमाडौंले १८ महिना लगाएर निर्माण सम्पन्न गरेको मन्त्रालयका सचिव मोहन चापागाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

बागमती विश्वविद्यालय ...

हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्ष ...

बाढीपीडितलाई प्रधानम ...

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved