बालुवाटार जग्गाकाण्डमा पक्राउ पर्ने डरले ‘फरार’ भएका दिप बस्न्यात क्यानडा भाग्ने तयारीमा !

  • पुस २३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको २ सय ९९ रोपनी सरकारी जग्गा किर्ते ठगी प्रकरणमा मुछिएका पूर्व अख्तियार प्रमुख आयुक्त दिप बस्न्यात फरार भएको पाइएको छ ।जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएसँगै बस्न्यात देश छोडेर भागेको उच्च स्रोतले बताएको छ ।

तत्कालिन भौतिक योजना मन्त्रालयका सचिव रहेका बस्नेत जग्गा किर्ते तथा ठगी प्रकरणमा मुछिएका प्रमुख पात्र हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा समेत मुद्दा चलाएको थियो ।

ललिता निवास ठगी प्रकरणका मुख्य योजनाकार सिआइबीले रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीलाई पक्राउ गरेसँगै बस्नेत नेपालबाट ‘फरार भएका हुन् ।उच्च स्रोतका अनुसार उनी यतिबेला भारतमा लुकेका छन् ।

भारत हुँदै क्यानडामा रहेको आफ्नो घरमा भाग्ने तयारीमा बस्न्यात रहेको उच्च स्रोतले बताएको छ ।सिआइबीले ललिता निवास सरकारी जग्गा ठगी प्रकरणमा ३ सय जना भन्दा बढी विरुद्ध पक्राउ पूर्जी अनुमति पाएको छ ।

४ सय जनाभन्दा बढीलाई मुद्दा चलाउने तयारी सिआयबीको छ ।सिआइबी स्रोतका अनुसार जग्गा किनबेच धन्दामा समलग्न सबैलाई सिआइबीले पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

बागमती विश्वविद्यालय ...

हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्ष ...

बाढीपीडितलाई प्रधानम ...

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved