नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रको १० गाउँमा बन्दुधारीद्धारा आक्रमण, १४३ जनाको हत्या

  • पुस २५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । बन्दुकधारीहरुले नाइजेरियामा थप १ सय ४० भन्दा बढीको हत्या गरेको दाबी गरेका छन्। लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ। घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले पुष्टि गर्न भने बाँकी रहेको समाचारमा जनाइएको छ। तर स्थानीय एक नेताले भने लडाकू समूहले १४३ जनाको हत्या गरेको दाबी गरेका छन्।

उनले भने, “लडाकू समूहले १४३ जनाको हत्या गरेको छ, उनीहरुले आम नागरिकमाथी हिंसात्मक आक्रमण गरेका थिए।”

आक्रमणकारी सयौँ लडाकूहरु मोटरसाइकलमा आएर आक्रमण गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन्। उनीहरुले १० गाउँमा आक्रमण गरेका हुन। आक्रमणकारीहरुले घर घरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको स्थानीयको भनाइ छ। घटनाका बारेमा सरकारी सुरक्षाकर्मीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया र सूचना दिइएको छैन।

नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आमनागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरुसँग सरकारी पक्षले संघर्ष गरिरहनुपरेको छ। सरकारले उनीहरुलाई आतङ्वादी समूहको रुपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ तर अपेक्षित सुधार भने हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved