पाकिस्तानको पञ्जाब प्रान्तस्थित मुर्रीमा भारी हिमपात,कम्तीमा २१ जनाको मृत्यु,

मृत्यु हुनेमा एकै परिवारका ८ सदस्य, उद्धार र राहतको अभियान चालु

  • पुस २५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तस्थित मुर्रीमा भारी हिमपात हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। हिमपातका कारण सवारी साधनहरु फस्दा २१ पर्यटकको मृत्यु भएको हो।

त्यस क्षेत्रमा एक हजारभन्दा बढी सवारी साधन फसेको जनाइएको छ। हिमपात भएको क्षेत्रमा उद्धार र राहतको काम जारी रहेको अधिकारीहरूले जनाएको छ।

पञ्जाब प्रान्तको आकस्मिक उद्धार एजेन्सीका अनुसार मृत्यु हुनेमा एकै परिवारका ८ सदस्यसमेत छन्। मौसम विभागका अधिकारीहरुले मुर्री क्षेत्रमा हिमपात र वर्षा अझै केही समय जारी रहने बताएका छन्।

पाकिस्तानका गृहमन्त्री शेख राशिदकाअनुसार उद्धारका लागि अर्धसैनिक बल फ्रन्टियर कोर र रेन्जर्स तथा सैनिक परिचालन गरिएको छ। ठूलो हिमपातका कारण मानवीय क्षति भएपछि पञ्जाबको मुर्री जाने सबै गाडीलाई रोकेर उद्धार र राहतको अभियान चलाइएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved