कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या बेलायतमा मात्रै १ लाख ५० हजार नाघ्यो

विश्वभरमा कोरोनाका कारण मृत्यु हुने सङ्ख्या १ लाख ५० हजार नाघ्ने मुलुकमा अमेरिका, ब्राजिल,भारत, रसिया, मेक्सिको र पेरुपछि बेलायत सातौँ स्थानमा

  • पुस २५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । बेलायतमा महामारी सुरु भएयता कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख पचास हजार नाघेको छ । । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना सङ्क्रमितको मृत्यु भएपछि कुल मृतक सङ्ख्या एक लाख पचास हजार ५७ पुगेको हो ।

बेलायतमा कोरोना सङ्क्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु भएमा कोरोनाका मृतकको रूपमा घोषणा गरिन्छ । विश्वभरमा कोरोनाका कारण मृत्यु हुने सङ्ख्या एक लाख पचास हजार नाघ्ने मुलुकमा अमेरिका, ब्राजिल,भारत, रसिया, मेक्सिको र पेरुपछि बेलायत सातौँ स्थानमा पर्दछ । यसैगरी बेलायतमा पछिल्लो २४ घण्टामा थप एक लाख ४६ हजार ३९० जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक करोड ४३ लाख ३३ हजार ७९४ पुगेको छ ।
कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण बढेपछि बेलायतमा हाल सङ्क्रमण दर तीव्र रूपमा फैलिएको छ । अघिल्लो हप्ता दैनिक सङ्क्रमण दुई लाख बीस हजार नाघे पनि पछिल्ला दिनमा सङ्क्रमण दर केही ओरालो लागेको छ । सङ्क्रमण दरमा आएको तीव्रताका कारण बेलायतका अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ ।

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई हजार ४३४ जना अस्पताल भर्ना भएका छन् । बेलायतका अस्पतालमा कोरोनाका कारण भर्ना हुनेको सङ्ख्या अठार हजार ४५४ पुगेको छ । त्यस्तै ८६८ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १३ करोड ४८ लाख २६ हजार २४३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १९ लाख १९ हजार ८१५ जना अर्थात् ९०।३ प्रतिशतले खोपको पहिलो र ४ करोड ७६ लाख ३२ हजार ४८३ जना अर्थात् ८२।२ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसैगरी ३ करोड ५२ लाख ७३ हजार ९४५ अर्थात् ६१।३ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved