व्यापारीले अवरोध गरेपछि राजस्व अनुसन्धानको टोली त्यसै फर्कियो, सेनाले खुलायो सडक

  • पुस २६, २०७८
  • कालापानी मिडिया
alt

बारा / राजस्व छलेर ल्याइएको सामान नियन्त्रणमा लिन बाराको जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाका कर्मचारीको टोलीलाई व्यापारीले अवरोध गरेका छन्। 

आइतबार कार्यालय प्रमुख नारायणप्रसाद मौनालीको नेतृत्वमा कर्मचारी टोली जितपुर पुगेको थियो। सामान नियन्त्रणमा लिन खोज्दा व्यापारीले  अवरोध गरेपछि टोली त्यसै फर्किएको छ। 

स्थानीय व्यापारीले अनुसन्धानलाई पूर्ण प्रभाव पार्ने गरी अवरोध सिर्जना गरेपछि आफूहरु अनुसन्धानै नगरी फर्किन बाध्य भएको राजस्व कार्यालयका सूचना अधिकारी गौरव पन्थीले जानकारी दिए।

‘गोप्य सूचनाका आधारमा राजस्व छली ल्याएको सामग्री लिन हाम्रो टोली जितपुर पुगेको थियो,’ पन्थीले भने, ‘टोली पुगेपछि स्थानीय व्यापारीले हुलहुज्जतसहित अनुसन्धानमा अवरोध सिर्जना गरेपछि कर्मचारी अनुसन्धान बिना फर्किएका छन्।’ 

राजस्व छली भित्र्याइएको विभिन्न सामान नियन्त्रणमा लिन बाराको सिमरा उपमहानगरपालिका जितपुरबजार स्थित केही  गोदाममा  राजस्व अनुसन्धान कार्यालयको टोली पुगेको थियो । 

राजस्वको टोलीले ती सामान नियन्त्रणमा लिन खोजेपछि केही व्यापारीले अवरोध सिर्जना गरी दुई घण्टासम्म सडक अवरुद्ध पारेका थिए। पछि नेपाली सेनाको टोलीले सडक सुचारु गराएको थियो।

घटनामा संलग्न व्यसायीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने कर्याालयले जनाएको  छ । कार्यायका अनुसार जितपुर क्षेत्रका केही स्थानमा राजस्व छली गरी ल्याइएको माल सामान बिक्री वितरण गर्ने गरिएको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved