मन्त्री आले भन्छन्, ‘हामी नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई विर्सन हुन्न’

  • पुस २६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान् नायकका रूपमा लिनुपर्ने बताएका छन् । आज सोमवार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान् नायकका रूपमा लिनुपर्ने बताएका हुन् ।

उनले पृथ्वीनारायण शाहका विचारहरू आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्त्वपूर्ण र मार्गदर्शक रहेको बताए । मन्त्री आलेले नेपालीहरूले हामी नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सन नहुने तर्क राखेका छन् ।

मन्त्री आलेले भने, ‘नेपाल चार जात ३६ वर्णको साझा फूलबारी हो । प्रजा मोटा भए दरबार बलियो हुन्छ । राजाले देशमा अन्याय हुन नदिनु, ठूलो न्याय निसाफ हेर्नु, न्याय निसाफ बिगार्ने भनेको घुस लिने घुस खाने हुन्, यी दुईका धनजिउ हरि लिएता पनि पाप छैन, यी राजाका महाशत्रु हुन् जस्ता पृथ्वीनारायण शाहका विचारहरू आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्त्वपूर्ण र मार्गदर्शक छन् ।

पृथ्वीनारायण शाहलाई एक राजाका रूपमा मात्र हेर्नुभन्दा पनि उनलाई वर्तमान नेपाल राष्ट्रको निर्माणमा महान् नायकको रूपमा लिनुपर्दछ भन्ने मलाई लाग्छ । यदि हामीले आफूलाई नेपाली हौँ भन्ने कुरामा गर्व गर्छौँ भने पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैनौँ र बिर्सनु पनि हुँदैन ।’

मन्त्री आलेले पृथ्वीनारायण शाहले दिव्योपदेशमा व्यक्त गरेका आत्मनिर्भर अर्थतन्त्र, असंलग्न विदेश नीति, व्यापार, राज्य सञ्चालनका नीति र विचारहरु दूर दृष्टियुक्त रहेको भन्दै त्यसको महत्त्व र उपयोगितालाई ग्रहण गर्न अफ्ठ्यारो मान्नु नहुने बताए ।

यो पनि पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार जाने भएका छन्। ३ सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते मंगलबार पूर्वराजा शाह सिंहदरबारको मूल गेट अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणका लागि जान लागेका हुन्। पूर्वराजका संवाद सचिव फणिराज पाठकका अनुसार शाह मंगलबार साढे १२ बजे जाने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

बागमती विश्वविद्यालय ...

हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्ष ...

बाढीपीडितलाई प्रधानम ...

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved